Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पिपरहवा स्थित जडिबुटी उद्योगमा लागेको आगलागी नियन्त्रणमा

    ६ बैशाख, बाँके । बाँकेको पिपरहवा स्थित जडिबुटी उद्योगमा लागेको आगलागी पूणर् रुपमा नियन्त्रणमा आएको छ । आज बिहान ७ बजेको समयमा जानकी गाँउपालिका वडा नं. ६ पिपरहवामा राजेश जैनले सञ्चालन गरेको बाहुबली जडिबुटी प्रशोधन उधोगमा बिधुत तार सट हुन गई एक्कासी आगलागी भएको थियो ।

    जस लगत्तै प्रहरी चौकी गनापुर, ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्र.उ. तुल बहादुर कार्कीको कमाण्डमा १ सय १४ जना प्रहरी परिचालन भएका जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं डिएसपी नारायण डाँगीले जानकारी गराए । आगोलागी नियन्त्रणमा नेपाली सेना, र सशस्त्र प्रहरीबाट ५० जना सुरक्षाकर्मी परिचालित भएका थिए ।

    Advertisement

    आगोलागी नियन्त्रणमा तत्काल स्थानिय उद्दार समाग्रीहरुको प्रयोग गरी मुख्य कारखाना लगायत अन्यत्र आगोलागी हुन नदिन प्रयास गरिएको सूचना अधिकारी डाँगीले बताए ।

    बाँके र बर्दिया जिल्लाका ९ वटा दमकल, नेपाल प्रहरीको वाटर क्यानन र भारतको बहराईचबाट समेत एउटा दमकल आगोलागी नियन्त्रणमा प्रयोग गरिएको थियो ।

    Advertisement

    आज दिउँसो करिब २ बजेको समयमा आगोलागी पुणर्रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको हो । प्रहरी अनुसार आगलागीबाट मानविय क्षेती नभएको र भौतिक क्षेतीको बिवरण आउन बाँकी नै छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »