Close sidebar
  • ताजा
  • लोकप्रिय
  • एसीसी महिला प्रिमियर कपः नेपालको लगातार दोस्रो जित

    २८ माघ, काठमाडौँ । मलेसियाको बायोमास ओभलमा आज भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार सानदार दोस्रो जित हासिल गरेको छ ।

    उक्त खेलमा भुटानलाई ८ विकेटले प्राजित गराउदै नेपालले दोस्रो जित निकालेको हो । भुटानले जितका लागि दिएको ६६ रनको लक्ष्य नेपालले ११ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गरेको हो ।

    Advertisement

    नेपालका लागि सीता रानामगरले ३२, रुबिना क्षेत्रीले १७ रन बनाकी हुन । त्यसअघि कविता कुँवर ५ र इन्दु वर्मा १ रनमा आउट भएकी थिइन ।

    भुटानकी अन्जु गुरुङ र अन्जुली घलेले एक–एक विकेट लिए ।

    Advertisement

    त्यसअघि टस हारेर ब्याटिङ पाएको भुटानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ६५ रन बनाएको थियो ।
    नेपालकी कविता कुँवर, सीता रानामगर, कविता जोशी र कप्तान इन्दु बर्माले एक–एक विकेट लिए ।

    नेपालले अब समूह चरणको अन्तिम खेल मंगलबार माल्दिभ्स सँग खेल्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »