Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ओएसएले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ : एक अध्ययन

    २८ माघ, काठमाडौँ । यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ ।

    यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको बीबीसीले उल्लेख गरेको छ ।

    Advertisement

    अखिल भारतीय आयुर्विज्ञान संस्थानका न्यूरोलोजी विभागका प्रमुख डा. कामेश्वर प्रसादले नेतृत्व गरेको यो अनुसन्धान ७,५०५ जना वयस्कहरूमा गरिएको थियो ।

    भारतका धेरै स्वास्थ्य संस्थाहरू बाहेक द नेदरल्याण्ड्सको इरामस मेडिकल सेन्टरको इपिडिमिओलोजी विभाग र अमेरिकाको हार्वर्ड टीएच चेन स्कुलका जनस्वास्थ्य तथा व्यवहार विज्ञान विभागका डाक्टरहरू समेत यो अध्ययनमा सामेल भएका थिए ।

    Advertisement

    यस्तो प्रकारको अध्ययन भारतमा पहिलो हो, जसमा जीनोमिक्स, न्यूरोइमेजिङ र निद्रा सँग सम्बन्धित धेरै मापदण्डहरू अध्ययन गरिएको थियो । यसमा महिला र पुरुषको करिब बराबर सहभागिता थियो ।

    अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए) के हो ?

    Advertisement

    न्याशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित जानकारीका अनुसार ओएसएलाई एउटा स्वास्थ्य समस्याको रूपमा परिभाषित गरिएको छ । यो समस्या भएका मानिसहरूलाई सुतिरहेको समयमा बारम्बार श्वास रोकिने समस्या हुन्छ ।

    डा. जेसी सुरी अनुसार दिनको समयमा मानिसले सहज रूपमा श्वास लिँदा र फेर्दा कुनै अवरोध हुँदैन तर राती सुत्दा हाम्रो मांसपेशी शिथिल हुन्छ अनि यसै कारण मानिसहरू उभिएर निदाउन सक्दैनन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »