Close sidebar
  • ताजा
  • लोकप्रिय
  • डेढ वर्ष पछि पुनः अफ्रिकन स्वाइन फिभर पुष्टि

    राेयर्टस

    २८ माघ, काठमडौँ । यस वर्षपनि अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ । अफ्रिकन स्वाइन फिभरले गत वर्ष हजारौँको सङ्ख्यामा सुँगुर, बुङ्गुर तथा बँदेलको मृत्युको भएको थियो ।

    यस वर्षसमेत नेपालका कम्तिमा पाँच जिल्लामा पुष्टि भएको बीबीसीले जनाएको छ । जस पश्चात अधिकारीहरूले सजगता अपनाउन सूचित गराएका छन् ।

    Advertisement

    ललितपुर, तनहुँ, कास्की, लमजुङ जिल्लाका जनावरमा यस रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । अन्य केही जिल्लाबाट समेत रोग पुष्टिको खबर आउन थालेको बुझिएको छ ।

    २०७९ सालको जेठ महिनामा पहिलो पटक नेपालमा देखा परेको यस रोग यसपछि २८ जिल्लामा देखा परिसकेको जनाइएको छ ।

    Advertisement

    पशु सेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले गत वर्ष धेरै जिल्लाहरुमा सुङ्गुर–बुङ्गुर मरेर ठूलो क्षति पुगेको बताए । राष्ट्रिय निकुञ्जमा रहेका बँदेलसम्म यसबाट प्रभावित बनेका उनले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »