७ पौष, कपिलवस्तु । कपिलवस्तु जिल्ला हुदैँ नेपाललाई नै विश्वमा चिनाउन सफल भएका जिवन गिरी १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल हासिल गरेका छन । २०२३ मा छिमेकी देश भारतमा आयोजित १० औं वल्र्ड स्ट्रेन्थिलिफ्टिङ च्याम्पिएनसिपमा गोल्ड मेडल विजेता हुन जिवन गिरी ।
पिता ओम गिरी र आमा प्रेम कुमारी गिरीको कोखबाट जन्मिएका गिरी परिवार सहित कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित जिल्ला प्रहरी कार्यालय नजिकै बस्दै आएका उनी सन १९९९ मा नेपालकै सबैभन्दा ठूलो खेलमा मि धर्म विजेता भएका थिए ।
Advertisement
बडीविल्डिङमा सन १९९९ मा मेडल भित्र्यिाएका उनी एसियाको पावर लिफटिङ एसोसिएसनको पुर्व उपाध्यक्ष समेत भइसेका छन ।
पावर लिफटिङको अन्र्तराष्ट्रिय जज भएर समेत उनी काम गरीसकेका छन । स्ट्रेन्थिङ लिफटिङ फेडिसेसन, नेपालको संस्थापक हुदैँ नेपालबाट विश्व सदस्य समेत भएर नेपाललाई चिनाएका छन । उनी क्रिजिस्तानमा वल्र्ड च्याम्पिएनसिप मा दोश्रो उपाधी प्राप्त गरीसकेका छन । उनी वल्र्ड च्याम्पिएनसिपमा युएसए र भारतलाई हराउदैँ प्रथम भएका थिए ।
Advertisement
लुम्बिनी प्रदेश नं. ५ बाट रत्न पुरस्कारबाट समेत सम्मानित भईसकेका छन ।
साधारण परिवारमा हुर्किएका उनी लिफ्टिङमा सानै देखि रुची राख्दै आएको भएपनि उनकै गाँउठाँउले साथ सहयोग नगरेपछि विभिन्न खुट्किला पार गर्दै उनी जिल्ला, प्रदेश, देश हुदैँ विश्वमै आफ्नो नाम कमाएका छन ।
Advertisement
उनी सानै देखि आफ्नो समाज, देश तथा विदेशमा आफुलाई कसरी चिनाउ भन्ने सोचका साथ अगाडि बढ्न चाहन्थिए । देशलाई चिनाउन उनी कराटे खेल्दाथिए । तर समय संगै उनी वेट लिफ्टिङमा रुची राख्न थाले । जस पश्चात उनको मनमस्तिष्कमा वेट लिफ्टिङ छायो । यसै सिलसिलामा उनी देश तथा विदेशमा हुने प्रतियोगितामा सहभागी हुने अवसर समेत पाए । एक पछि अर्को उतारचढाउको सिडी चढ्दै विभिन्न उपाधी समेत हासिल गर्न सफल भए । सरल र मिलनसार स्वभावका उनको यस सफलताको पछाडी परिवारको ठूलो भूमिका रहेको उनले बताए । तर वेटलिफ्टिङमा आफ्नो सुरुवातमा जिल्लास्तरमा कदर नभएपनि जिल्लालाई विश्व सामु चिनाउन सफल भएका छन ।
जिल्ला तथा देशलाई विश्वसामु चिनाउन युवा पुस्तालाई स्थानीय, प्रदेश र संघीय सरकारको समेत अहम भुमिका हुन्छ । युवा पुस्ताको रुची तथा प्रतिभालाई उचित कदर तथा मुल्यांकन समेत गर्न सक्नुपर्दछ । यो परिवार वा सामाजको जिम्मेवारी मात्रै नभई सरकारका विभिन्न अंगहरुको समेत साझा जिम्मेवारी हो । तस्र्थ कपिलवस्तु जिल्लाका विभिन्न निकायले समेत यस्तो प्रतिभाको उचित मुल्यांकन तथा सम्मान गर्नुपर्दछ ।
Advertisement
आफ्नो स्तरबाट कपिलवस्तुका प्रत्येक निकायले गिरीलाई सम्मान गर्नुपर्ने कपिलवस्तु जिल्लाबासीहरुको भनाई रहेको छ ।
टिप्पणीहरू