२० मंसिर, मोरङ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं. ७ घुम्ती स्थित कवाडी पसलमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन ।
आज दिउँसो करिब सवा २ बजे कवाडी पसलमा अचानक भएको आगलागीमा परेर विराटनगर-६ बस्ने ४० वर्षिय दिपक मण्डल र अर्को एक जनाको तत्काल पहिचान नखुलेको जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Advertisement
प्रहरी अनुसार मण्डलको शव न्युरो अस्पताल बिराटनगरमा राखिएको छ ।
आगलागीबाट घाईतेहरु मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ भने अन्य २ जनाको अवस्था मध्यम रहेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुको थप उपचारको लागी जलनको गाम्भिर्यता, संलग्न चिकित्सकहरुको राय अनुसार तत्काल किर्तिपुर स्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा एयर एम्बुलेन्सद्वारा पठाईएको छ ।
Advertisement
गम्भिर घाइते हुनेमा बिराटनगर मनपा ६ बस्ने सुशिला पासवान र मनपा ६ बस्ने रिता सरदार रहेका छन । उनीहरुको जिउ एवं हातखुट्टा जलेको प्रहरीले बताएको छ ।
यस्तै, मनपा ६ बस्ने किशोर पासवान र पिङ्की कामत मध्यम घाईते भएका छन ।
टिप्पणीहरू