Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पाँच प्रदेशमा बिहानै देखि वर्षा हुँदै

    ३ साउन, बाँके । देशका विभिन्न भू–भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे बुलेटिन जारी गर्दै जनाएको छ । महाशाखाका अनुसार आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा आज बिहानै हल्का वर्षा भइरहेको छ । बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

    Advertisement

    देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने पनि पूर्वानुमान महाशाखाले छ ।

    बाँकी भू-भागका आंशिकदेखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    Advertisement

    पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर छ ।

    त्यस्तै हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »