Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नयाँ शैक्षिक सत्रको पठनपाठन वैशाख २१ देखि सुरु हुने

    २७ जेठ, काठमाडौँ । नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गते र पढाइ २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले बिहीबार एक सूचना जारी गर्दै उक्त निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको हो ।

    Advertisement

    मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र परिवर्तनसँगै शैक्षिक कार्यक्रमहरू पनि पुनःसंरचना गर्नुपर्ने भएको छ। साथै अबदेखि सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने व्यवस्था लागू गरिएको छ ।

    केन्द्रले वैशाख २ गतेदेखि विद्यालयहरूलाई विभिन्न तयारीका काम अघि बढाउन आग्रह गरेको छ । जसअनुसार विद्यालयहरूले नयाँ शैक्षिक सत्रको कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार पार्ने, विद्यालय सुधार योजना अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधारका योजना बनाउने कार्य गर्नुपर्नेछ।

    Advertisement

    यस्तै, नयाँ शैक्षिक सत्रको भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिने केन्द्रले जनाएको छ। केन्द्रले सबै सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्दै निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »