३ चैत्र, काठमाडौँ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने उद्देश्यले ६ हजार भन्दा धेरै ग्यास भण्डारण गरेको आरोपमा श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार गरेको अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२८ हरिसिद्धि स्थित उद्योगको गोदाममा १४.२ केजीका ६ हजार ३ सय ७७ ग्यास सिलिण्डर भण्डारण गरिएको अवस्थामा भेटिएको थियो। उक्त कार्य ग्यासको कृतिम अभाव सिर्जना गर्ने उद्देश्यले गरिएको ठहर गर्दै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ खण्ड (छ) विपरीत भएको विभागले जनाएको छ।
Advertisement
सोही ऐनको दफा ३९ को उपदफा (१) खण्ड (ख) बमोजिम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । साथै गोदाममा मौज्दात रहेको ग्यास सिलिण्डरलाई नेपाल आयल निगमको समन्वयमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
विभागले ग्यासको माग उच्च रहेको वर्तमान परिस्थितिमा आपूर्तिमा असर पर्ने गरी कृतिम अभाव सिर्जना नगर्न सबै ग्यास उत्पादक उद्योग र वितरकलाई आग्रह गरेको छ ।


















टिप्पणीहरू