२६ माघ, काठमाडौँ । राष्ट्रियसभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।
आज राष्ट्रियसभाको बसेको बैठकले राष्ट्रियसभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेको हो ।
Advertisement
सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयक माथि भएको निर्णय प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन ।
यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेश गरेकी थिइन्।
Advertisement
राष्ट्रिय सभाले २०८२ भदौ १३ गते उक्त विधेयक दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
समितिका सभापति दाहालले यो विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवाला सँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराइन ।
Advertisement
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गएको माघ २० गते सामाजिक सञ्जाल विधेयक फिर्ता माग्ने निर्णय गरी माघ २१ गतेको पत्रमार्फत सरकारका तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन भएको थियो ।


















टिप्पणीहरू