Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचन लक्षित काँग्रेसको अगुवा कार्यकर्ता भेला, उपसभापति शर्मा नेपालगञ्ज आउदै

    २६ माघ, बाँके । प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा नेपाली काँग्रेसले केन्दीय नेताहरुलाई जिल्ला—जिल्लामा खटाएको छ । यसैक्रममा काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा मंगलबार नेपालगञ्ज आउन लागेका छन् ।

    निर्वाचन परिचालन प्रचारप्रसार मुल समितिका अनुसार मंगलबार नेपालगञ्जमा आयोजना अगुवा कार्यकर्ता भेलालाई उपसभापति शर्माले सम्बोधन गर्ने पार्टीले जनाएको हो ।

    Advertisement

    नेपालगञ्जको वीपी चोकदेखि पश्चिममा रहेको लिला प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना हुने नेपाली काँग्रेस, बाँकेका कार्यवाहक उपसभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

    कार्यक्रममा जिल्लास्तरीय अगुवा कार्यकर्ताहरुका साथै पार्टीका विभिन्न तहमा रहने नेता तथा कार्यकर्ताहरुको सहभागगिता रहने जनाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »