३० पुष, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ । बैठक आज बिहान ८ बजेको लागि बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
Advertisement
मंगलबार पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठक केही छलफलमै स्थगित भएको थियो ।




















टिप्पणीहरू