२९ पुष, काठमाडौँ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट पेस दायर गरेका हुन ।
Advertisement
उनले निर्वाचन तालिका सम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल स्थगितको माग गरेका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको टुंगो नलागेकाले उम्मेदवारी मनोनयन रोक्नुपर्ने उनको माग छ ।
Advertisement
सर्वोच्चले सो रिट दर्ता गरेर माघ ६ गतेका लागि पेशी तोकेको छ ।





















टिप्पणीहरू