१२ पुष, बाँके । बाँकेको नेपालगञ्जबाट लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१३ मोहनपुर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ ग्राम ७ सय १० मिलिग्राम सहित तीन जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा सोही उमहानगरपालिका–१३ लोनियनपुर बस्ने २३ वर्षीय संदिप लोनिया, ३१ वर्षीय हृदय राम खटिक र सोही उपमहानगरपालिका–१८ कारकादो बस्ने २६ वर्षीय ओमकार खटिक रहेका छ्न् ।
जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।



















टिप्पणीहरू