४ मंसिर, काठमाडौँ । सिमरामा भएको घटना प्रति प्रधानमन्त्री सुशीला कार्कीले दुःखद भन्दै लोकतन्त्रमा यस किसिमको अराजकता स्वीकार्य नहुने बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न निर्देशन दिएकी छन् ।
Advertisement
अभिव्यक्ति स्वतन्त्रताको सम्मान आफूहरुको प्रतिबद्धता भए पनि यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको उनले स्पष्ट पारिन ।
प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र चुनावको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको जानकारी गराइन ।


















टिप्पणीहरू