१४ कार्तिक, बाँके । बाँकेको नेपालगञ्जबाट लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१३ रोयल क्याफेमा लागूऔषध विक्रिवितरण भईरहेको विषेश सूचनाको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
Advertisement
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ५ सय १० मिलिग्राम सहित नेपालगञ्ज उपमहानगरपालिका–९ बस्ने ३८ वर्षीय चाँद अलि शेष र ३१ वर्षीय बब्लु शेषलाई पक्राउ गएिको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एर्व प्रहरी निरीक्षक केशव के.सि.ले जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरि सम्मानित बाँके जिल्ला अदालतबाट १० दिनको म्यादको अनुमति लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
















टिप्पणीहरू