२३ असोज, काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइँदै आएको अतिरिक्त सुरक्षा फिर्ता लिएको छ ।
गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीले उनीहरूलाई तोकिएको मापदण्डअनुसार मात्र सुरक्षा व्यवस्था कायम गर्ने निर्णय गरेको हो ।
Advertisement
सुरक्षा मापदण्ड अनुसार पूर्वप्रधानमन्त्रीलाई २५ जना प्रहरीको सुरक्षा सुविधा उपलब्ध हुन्छ ।
तर, ओली र प्रचण्ड दुबैका निवासमा करिब ५० देखि ६० जना प्रहरी परिचालनमा रहेको भन्दै गृहमन्त्रालयले समीक्षा गरेको बुझिएको छ ।
टिप्पणीहरू