२९ भदौ, काठमाडौँ । आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ ।
‘बालबालिकामा लगानीः सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको हो ।
Advertisement
संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने निर्णय भएको हो । त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बालदिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालिएको हो ।
Advertisement
साथै २०६४ सालदेखि हरेक वर्ष एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ ।
टिप्पणीहरू