२९ भदौ, काठमाडौँ । जेनजी समूहको नाममा भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको छ ।
आगजनीबाट क्षतिग्रस्त भएका मन्त्रालयहरूको सरसफाइ र क्षतिको मूल्याङ्कनसँगै सिंहदरबारलाई लयमा फर्काउने काम सुरु भएको हो । आज देखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
Advertisement
आइतबार देखि सिंहदरबारलाई लयमा फर्काउन आधारभूत सेवा शुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी गराएका छन् । उनका अनुसार आधारभूत सेवा आजैबाट सुरु भएपनि पूर्ण कार्यमा जान एक हप्ता लाग्न सक्छ ।
नयाँ सरकार गठनपछि सिंहदरबारमा भएको क्षतिको मूल्याङ्कन र लगत सङ्कलन गरी तत्कालीन र दीर्घकालीन पुनर्निर्माणको काम अगाडि बढाइने बताइएको छ ।
टिप्पणीहरू