२९ भदौ, काठमाडौँ । काठमाडौँमा आज देखि विद्यालय खुल्ने भएको छ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह निर्देशन दिएको छ ।
देशमा पछिल्ला समयमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी गराए ।
Advertisement
महानगरले शनिवार सूचना मार्फत विद्यालयमा कुनै क्षति भए नभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न भनिएको छ ।
Advertisement
महानगरले यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न समेत आग्रह गरेको छ ।
टिप्पणीहरू