Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज हरितालिका तीज मनाइँदै

    १० भदौ, काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

    भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । तीज ब्रतको अघिल्लो दिन दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमी सम्म मनाइन्छ ।

    Advertisement

    तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विशेषगरी महिलाहरू सौभाग्यसूचक रातो पहिरनमा आराध्यदेव महादेवको दर्शन गर्न भक्तजन शिवमन्दिरमा पुगेका छन् ।

    सत्ययुगमा कठोर व्रतको प्रभावले देवी पार्वतीले महादेव पति पाएको पौराणिक सन्दर्भलाई आधार मानेर परिवारमा सुख शान्ति र समृद्धिको कामना गर्दै यो व्रत गर्ने परम्परा छ ।

    Advertisement

    तीजको अवसरमा लुम्विनी प्रदेश सरकार अर्न्तगत आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »