Close sidebar
  • ताजा
  • लोकप्रिय
  • उमेरहद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने/नफर्कने विषयमा अब बहस आवश्यक छैन – शंकर पोखरेल

    ६ भदौ, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले यतिवेला पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन् ।

    नेकपा (एमाले) मधेस प्रदेशले विधान संशोधनको लागि बर्दिबासमा बिहीबार आयोजना गरेको सुझाव सङ्कलन बैठकमा बोल्दै महासचिव पोखरेलले विधान महाधिवेशनमा विधान संशोधनका लागि केन्द्रको प्रस्ताव तलसम्म पठाइसकिएकाले त्यसमा आवश्यक सुझाव दिन आग्रह गरेका छन् ।

    Advertisement

    पार्टीमा उमेरहद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कि नफर्कने भन्ने विषय पार्टीले टुङ्ग्याइसकेकाले अब त्यसमा बहस आवश्यक नरहेको उनले स्पष्ट पारे ।

    अब नेकपा (एमाले)को राष्ट्रिय गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएको उनले बताए । अब यो विषय राष्ट्रिय आकाङ्क्‌षा मात्र होइन पार्टीहरूको लक्ष बन्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।

    Advertisement

    पार्टीमा मुख्य नेतृत्वको वरिपरि सबै केन्द्रित रहनुपर्ने बताउँदै उहाँले बहुपदीयको अर्थ बहुगुट हुनु नभएको स्पष्ट पारेका छन् । पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधीनस्थताले पार्टीलाई बलियो बनाउने महासचिव पोखरेलले बताउनुभयो । पार्टीलाई सबल बनाउने हो भने सिङ्गो पार्टी नेतृत्वको वरिपरि हुनुपर्दछ’, उनले भने ।

    पार्टीलाई बहुसङ्ख्यक जनताको माझमा पुर्याउन पार्टीमा दुई खालका सदस्यताको प्रस्ताव ल्याइएको महासचिव पोखरेलले स्पष्ट गरे । ‘चुनावका बेलामा काम नलाग्ने, नेता कार्यकर्ताको कुनै अर्थ छैन, अघि पछि एमाले हुने, चुनावको बेला कता भोट हाल्छ भन्ने ठेगान नहुने नेता कार्यकर्ताको के अर्थ ?’, उनले भने ।

    Advertisement

    राजनीतिक सङ्घर्षको केन्द्रीय थलो निर्वाचन भएको बताउँदै अब चुनावमा काम लाग्ने नेता, कार्यकर्ता र पार्टी बनाउनुपर्नेमा उनले जोड दिए । अहिले पार्टी र पार्टी नेतृत्वका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउँदै महासचिव पोखरेलले भन्नुभयो– एमालेको सबैभन्दा चर्को विरोध एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन् ।

    मधेस बनाउनको लागि मधेस प्रदेश र मधेसका स्थानीय तहमा एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए ।
    उनले पार्टीको महाधिवेशनमा पार्टीलाई कसरी निर्णायक शक्ति बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने बताए । मिसन– २०८४ लाई केन्द्रित गरी पार्टीको अभियान अघि बढ्ने महासचिव पोखरेलले आग्रह गरे ।

    Advertisement

    उनले लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको धारणा राख्दै राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने बताए । लोकप्रियताका माध्यमबाट चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ठगीमा संलग्न भएकै कारण जेलमा पुगेको महासचिव पोखरेलको भनाइ छ ।

    अहिले मुलुकमा शान्ति, समृद्धि, स्थिरता र सुशासनको लागि एमालेले सरकारको नेतृत्व गरेको उनले बताए । आफ्नो स्वार्थका लागि समाजलाई उत्तेजित बनाउने काम नगर्न पनि महासचिव पोखरेलले आग्रह गरे ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »