Close sidebar
  • ताजा
  • लोकप्रिय
  • वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबारे अभिमुखीकरण

    ५ भदौ, बाँके । नेपालगञ्ज उपमहानगरपालिका अर्न्तगत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ । १९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सुचना अधिकारीलाई सूचनाको हकका बारेमा बुधबार जानकारी गराएको हो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी र कार्यकारी निर्देशक राकेशकुमार मिश्रले सूचनाको हक, यसको प्रयोग, फाईदा, सूचना उपलब्ध गराउने प्रक्रिया, सूचना व्यवस्थापन, माग गर्ने प्रक्रिया, स्वतः प्रकाशन, कारवाही तथा क्षतिपुर्तिको व्यवस्था लगायतका बारेमा सहजीकरण गरेका थिए ।

    Advertisement

    कार्यक्रमको समापनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले सूचनाको हकलाई पुर्ण रुपमा कार्यान्वयन गर्न वडा कार्यालयमा समेत सूचनाको व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउने बताए । उनले नेपालगञ्ज उपमहानगरपालिकाले ऐन अनुसार प्रत्येक ३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचना नियमित रुपमा गर्दै आएको जानकारी गराउदै वडा कार्यालयले समेत सोको कार्यन्वयन गर्न सूचना अधिकारीलाई निर्देशन दिए । सूचनाको हकले सुशासन तथा पारदर्शीता बढाउने भएकाले कार्यालयका सम्पुर्ण कार्यक्रम तथा बजेट सेवाग्राहीलाई पारदर्शी रुपमा सूचना प्रवाह गर्ने उनले बताए ।

    सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्विनी प्रदेश संयोजक हेमन्त कर्माचार्यले सूचनाको हक नागरिकका लागि महत्वपुर्ण हतियार भएकाले सुशासन र पारदर्शिताका लागि यसको प्रयोग तथा कार्यन्वयनमा जोड दिए ।

    Advertisement

    नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी र कार्यपालिका सदस्य बसन्त कुमार कनोजियाले सूचनाको हकले सुशासन र लोकतन्त्रलाई बलियो बनाउने महत्वपुर्ण हतियार भएकाले यसको कार्यन्वयन गर्नुपर्ने बताए ।

    अभिमुखीकरणमा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडा कार्यालयका सूचना अधिकारी, सूचना अभियन्ता, तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »