Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नक्कली शैक्षिक प्रमाणपत्र सहित बेलहियाबाट भारतीय नागरिक पक्राउ

    २ भदौ, रुपन्देही । नक्कली प्रमाणपत्र सहित रुपन्देही प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ । उनलाई विभिन्न विश्वविद्यालयका हजारौं थान नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम तथा स्टीकरहरू सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नेपाल र भारतमा रहेका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरूको हजारौं थान नक्कली शैक्षिक प्रमाणपत्र, स्ट्याम्प, होलोग्राम तथा स्टीकरहरूसहित भारतको कानपुर नौ वस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका हुन ।

    Advertisement

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया स्थित बसपार्कबाट उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जनाएको हो ।

    सम्मेलनमा जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटल मुक्तिनाथभित्र प्रवेश गर्न लागेको अवस्थामा उनलाई पक्राउ गरेको बताए ।

    Advertisement

    उनका अनुसार अभिषेकको साथबाट त्रिभुवन विश्वविद्यालयका एक सय थान ट्रान्सक्रिप्ट र २६ थान सर्टिफिकेट, नम्बर स्ट्याम्प तीन थान, स्ट्याम्प प्याड पाँच थान, होलोग्रामजस्तो देखिने विभिन्न विद्यालयका स्टीकरहरू, भारतका विभिन्न विश्वविद्यालयका मार्कसिट, सर्टिफिकेटहरू, बैंक सर्टिफिकेट, बैंक लोगो, लेटरप्याड, विभिन्न कार्यालयका स्ट्याम्प, ल्यापटप, आइफोन, मोबाइल, भारतीय र नेपाली रुपैयाँ, एटीएम कार्ड लगायत सामानहरू बरामद भएको हो ।

    अनुसन्धानका क्रममा पक्राउ परेका युवकले आफूले मासिक तलबमा काम गरेको बयान दिएका छन् ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »