२ भदौ, रूपन्देही । रुपन्देहीबाट अवैध लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ भबई बस्ने ४३ वर्षीय प्रशुराम लोधलाई अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस्तै, गैडहवा गाउँपालिका–५ तेलेण्डिहवाबाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ३ सय ७० ट्याब्लेट सहित लुम्बिनी साँस्कृतिक नगरपालिका–६ सुण्डीहवा बस्ने २४ वर्षीय टोफिक अहमदलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले लुम्बिनीबाट मंगलपुरतर्फ आउँदै गरेको लु.१७ प ६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
टिप्पणीहरू