२ भदौ, काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्री सोमबार दिल्ली फर्किंदैछन् ।
आइतबार बिहान काठमाडौँ आइपुगेका मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै उनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । ओली प्रधानमन्त्री बनेको १४ महिनापछि भारतले भ्रमणको औपचारिक निम्तो पठाएको हो ।
Advertisement
भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझादारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ ।
आइतबार बिहान काठमाडौँ ओर्लिएका मिस्रीले दिनभर उच्चस्तरीय भेटवार्ता गरे । राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहुँदै उच्चस्तरीय भेटवार्ता गरेका मिस्रीले सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
टिप्पणीहरू