Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लागूऔषधको आरोपमा नेपालगञ्जका रमेश लोनिया पक्राउ, विभिन्न सामान बरामद

    २८ साउन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ उदयपुर बस्ने २८ वर्षीय रमेश लोनियालाई लागूऔषधको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ, नेपाली रूपैयाँ र भारतीय रूपैयाँ समेत गरी जम्मा नगद २२ लाख ३ हजार ९ सय १५ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, खुकुरी ५ थान, मोटरसाइकल २ थान, मोबाइल १० थान लगायतका सामानहरू फेला पारी उनलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी गराए ।

    साथै घटनामा संलग्न रहेका ४ जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »