Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सुर्खेतमा रविना थापाको श्रीमानद्वारा हत्या, आफैले बोलाए प्रहरी

    ११ साउन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१३ करेखोलामा बस्दै आएका दानसिंह ठाडाले आइतबार बिहान श्रीमती रविना थापाको हत्या गरेका छन् ।

    ४२ वर्षीय दानसिंहले ४१ वर्षीय रविनाको आइतबार बिहान करिब साढे १ बजेको समयमा हत्या गरेका हुन् । श्रीमतीको हत्यापछि उनले आफैंले प्रहरीलाई खबर  गरेका थिए ।

    Advertisement

    घटनाको लगत्तै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो । ठाडालाई प्रहरीले बिहान २ बजेतिर उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

    ‘सर मैले श्रीमती मारिसकेँ, पक्राउ गर्न आउनुहोस् भन्दै प्रहरीलाई फोन गरेका थिए । लगत्तै पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजङ्ग बुढथापालेले भने, ‘घटनाको कारण खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

    Advertisement

    उनले चिर्पटले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    3

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »