Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लुम्बिनी कप महिला फुटबलः आर्मी चार शुन्यले बिजयी

    ५ वैशाख, बाँके । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा भित्रुवन आर्मी सेमी फाइनलमा प्रवेश गरेको छ । आज त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच नकआउटको आधारमा भएको पहिलो खेलमा चार शुन्य गोल अन्तरले त्रिभुवन आर्मी बिजयी भएको हो । यो जित संगै त्रिभुवन आमीले सेमीफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरीएको छ ।

    त्रिभुवन आर्मीका तर्फबाट अनिता लम्जेलले खेल सुरु भएको ५ मिनेटमा पहिलो गोल गर्न सफल भइन । पहिलो हापमा अनिताले गरेको गोल त्रिभुवन आर्मीका लागि निकै फलदायी वन्न पुग्यो ।

    Advertisement

    यस्तै खेलको ५३ औ मिनेटको दोस्रो हापमा पनि अनिताले नै एक गोल गरिन । यसैगरी खेलको ५६ औ मिनेटमा हिमा चौधरीले एक गोल गरीन भने तुलसा बोहोराले खेलको ७८ औ मिनेटमा गरेको गोलले भित्रुवन आर्मीलाई ४ गोल दिलाउन सफल भयो ।

    आजको खेलको म्यान अफ दि म्याच दुई पटक गोल गर्ने अनिता लम्जेल बन्न सफल भएकी छिन । खेलमा सुदुरपश्चिम टिमबाट खेलाडी सीता रोकाय र सिर्जना बरालले पहेलो कार्ड पाएका थिए । खेलमा प्रमुख रेफ्रिको भुमिकामा किर्ती सेन रहेका थिए । यस्तै सहायक रेफ्रिहरुमा अमर घले, अनुपसिंह थारु र कृष्ण खत्री रहेका थिए ।

    Advertisement

    आज भएको खेलमा सुदुरपश्चिम र त्रिभुवन आर्मीको खेल निकै रोमान्चक बनेको थियो । खेलको उदघाट्न संघिय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए । उदघाट्न गर्दे मन्त्री चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

    उनले भने, “पश्चिम क्षेत्रमा निकै क्षमतावान खेलाडी रहेका छन । हामीले अवसर दिन सक्ने हो भने देश तथा विदेशमा बेग्लै पहिचान बनाउन सक्ने अवस्था छ । यो अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले राम्रो शन्देश दिएको छ ।”

    Advertisement

    कार्यक्रममा स्वागत मन्तब्य दिदै आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले प्रतियोगितामा पाएको साथ र समर्थनले खेलाडीहरुमा थप उर्जा थप्नेमा विश्स्त रहेको बताउनुभयो । साथै उहाँले सहयोगी संस्था, निकाय तथा ब्यक्तिहरुलाई हार्दिक आभार ब्यक्त गर्नुभयो । प्रतियोगिता सुरु हुनु अघि राष्ट्रिय गान र फिफा एन्थम प्रस्तुत गरीएको थियो ।

    यस्तै खेलमा सक्रियता जनाएका साना खेलाडी भाइबहिनीहरुले हात समातेर मैदानमा लेगेका थिए भने कार्यक्रमका प्रमुख अतिथी मन्त्री चौधरीलेले प्रमुख रेफ्रि किर्ति सेनलाई फुटबल हस्तान्तरण गरेका थिए । प्रतियोगिता सुरु हुनभन्दा अगाडी प्रस्तुत गरीएका संगितले खेलाडी तथा दर्शकहरुलाई उत्साही भएको थियो ।

    Advertisement

    कार्यक्रममा नेपाली सेनाको प्रमुख सेनापति रबिन श्रेष्ठ, मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्द, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सचिव सुदान्शु कोइराला, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा ख्याती प्राप्त खेलाडी, तथा खेल क्षेत्रका विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

    अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघ बाँकेको सहकार्यमा वैशाख १२ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »