Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मायादेवी साझेदारी वनको साधारण सभाः अतिक्रमण हटाउन जोड

    २१ मंसिर, कपिलवस्तु । मायादेवी साझेदारी वन उपभोक्ता समुहको १२ औं वार्षिक साधारण सभा प्रमुख अतिथि लुम्बिनि प्रदेश सभा सदस्य मधुसुदन शारण चौधरीको उपस्थितिमा सम्पन्न भएको छ ।

    मायादेवी साझेदारी वन उपभोक्ता समुह पटना कपिलवस्तुको १२औं वार्षिक साधारण सभा दिनेश प्रसाद जयसवालको सभापतित्वमा बिहीबार सम्पन्न भएको हो ।

    Advertisement

    लुम्बिनि प्रदेश सभा सदस्य मधुसुदन शारण चौधरीले सभालाई सम्बोधन गर्दै वन अतिक्रमणका कारण साघुरो हुदैँ भएको बताएका छन । सम्बन्धित निकाय जिल्ला प्रशासन, प्रहरी र वनका प्रतिनिधिलाई एकआर्काको सहयोगमा अतिक्रमण हटाउनुपर्ने तर्फ ध्यान केन्द्रित गर्न सुझाएका छन । उनले वनको संरक्षण गर्न सके मात्र दिगो विकासको परिकल्पना गर्न सक्ने बताए ।

    सभामा अध्यक्ष जयसवालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वन अतिक्रमण बढदै गएको जानकारी गराए । अतिक्रमण रोक्न उनले आफूबाट हुने सबै प्रयास गरीरहेको बताए । उनले यस वर्ष करिब २० बिघामा वृक्षरोपण गरेको जानकारी गराए ।
    यस्तै, प्रतिवेदन प्रस्तुत गर्दै प्रस्तावित आम्दनीको श्रोत संकलन नहुँदा योजना प्रभावित पारेको आर्थिक संयोजक राकेश यादवले जानकारी गराए ।

    Advertisement

    साधारणसभामा वन संरक्षणमा सहयोग पुर्‍याएका तीन जनालाई सम्मान समेत गरिएको छ । कार्यक्रम वन सदस्य गोबिन्द प्रसाद पौडेलले सञ्चालन गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »