२० मंसिर, रुपन्देही । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि पोखरा पुर्याइएको छ ।
गोर्खा मिडिया मार्फत अपचलनमा सघाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । तत्कालीन गोर्खा मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई चितवनबाट मध्यराति पोखरा पुर्याइएको प्रहरीले जनाएको छ ।
Advertisement
आज बिहान उनलाई पोखरा लैजादै गर्ने क्रममा उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि राति नै सडकमार्ग हुँदै पोखरा पुर्याइएको बुझिएको छ ।
साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान सकिएपछि उनलाई राति नै पोखरा पुर्याइएको हो ।
टिप्पणीहरू