Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बाढीपहिरो पीडितलाई युनिसेफले गर्यो सहयोग

    ५ मंसिर, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।

    युनिसेफले नमोबुद्ध नगरका आठ सय ४५ जना पीडितलाई सहयोग गरेको हो । पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई रु एक करोड ५० लाख ४० हजार पाँच सय हस्तान्तरण गरेको हो ।

    Advertisement

    यस्तै, सोही दिन नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का पीडितलाई सहायता रकम प्रदान गरे । उक्त वडाका ५९ परिवारले सहायता रकम पाएका छन् ।

    नगरमा चार सय ५३ प्रति परिवारलाई रु १५ हजार तथा तीन सय ९२ परिवारलाई रु २० हजार सहायता रकम प्रदान गरिनेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »