Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कतार पठाइदिन्छु भन्दै ठगी गर्ने मलेसियन नागरिक सहित ४ जना पक्राउ

    १३ कात्तिक, सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरीले एक मलेसियन नागरिक सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान-२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव रहेका छन ।

    Advertisement

    लहान नगरपालिका-४ स्थित एक होटलमा सरकार सँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अब्दुल्लाह सहित चार जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले बताए ।

    उनका अनुसार उनीहरुले केही व्यक्तिसँग रकम समेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

    Advertisement

    ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »