Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द

    ५ कात्तिक, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

    भिजन आँखा अस्पताल नेपालगञ्जको आयोजना, किभा फाउन्डेसन नेपालगञ्ज र डुडुवा गाँउपालिकाको सहकार्यमा कात्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको हो ।

    Advertisement

    ३३ जना पुरुष र ८७ जना महिलाको आँखा जाँज गरिएको कार्यक्रम संयोजक बिज्रेश मिश्रले जानकारी गराए । उनका अनुसार २९ जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा १३ जना पुरुष र १६ जना महिला रहेका छन ।

    किभा फाउन्डेसका महासचिव एवं प्रवक्ता अजय पाठक अनुसार प्राय मोतियाबिन्द र दृष्टि दोषले ग्रसित बिरामीहरु देखिएका छन । सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको महासचिव पाठकले बताए ।

    Advertisement

    यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गरिएको छ । चस्मा आवश्यक पर्नेलाई सहुलियत मुल्यमा उपलब्ध गराउने र अप्रेशन गर्नुपर्ने भएमा ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने किभा फाउन्डेसनका उपाध्यक्ष राम मोदीले जानकारी गराए ।

    यस्तै, कात्तिक ६ र ७ गते डुडुवा गाँउपालिका वडा नं. ४ आस्थायी स्वास्थ्य केन्द्र र कात्तिक ८ र ९ गते डुडुवा गाँउपालिका वडा नं. ३ बन्कट्टी स्वास्थ्य चौकीमा बिहान साढे १० बजे देखि दिउँसो ३ बजे सम्म शिविर सञ्चालन हुने कार्यतालिका रहेको उपाध्यक्ष मोदीले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »