Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा ५५ फिटको रावण दहन – तस्वीरहरु

    २६ असोज, बाँके । बडादशैंको आज दशौं दिन नेपालगञ्जमा ५५ फिटको रावणको पुत्ला दहन गरिएको छ ।

    करिब डेढ सय वर्ष देखि आयोजना हुदैँ आएको रामलिला कार्यक्रममा आज साँझ रावणको पुत्ला दहन गरिएको हो । यस वर्ष आयोजना गरिएको एक सय ५७ औं रामलीला महोत्सव कार्यक्रममा कुम्भकरण, मेघनाथ र रावणको वध गरिएको हो ।

    Advertisement

    भारतको मथुरा स्थित वृन्दावनबाट आएका २५ जना कलाकारको समूहले नेपालगञ्जमा बडादशैंको घटस्थापना देखि विभिन्न झाँकी सहित रामलीला मञ्चन गरिरहेका रामलीला सञ्चालक समितिले जनाएको छ ।

    रावण दहन कार्यक्रम हेर्नका लागि रामलिला मैदानमा प्रत्येक वर्ष यस दिन ठूलो संख्यामा भिड हुनेगरेको छ । कार्यक्रम हेर्नका लागि नेपालगञ्ज वरिपरीका विभिन्न जिल्ला सहित भारतबाट पनि श्रद्धालुहरु आउने गरेका छन ।

    Advertisement

    रावण दहन पछि आज राति १० बजेबाट रामलीला मञ्चन सुरु हुने समितिले जनाएको छ । अबको अध्यायमा पौराणिक कथा अनुसार रामभरत मिलाप, शुभराज्यअभिषेक लगायतका कार्यक्रमहरु मञ्चन हुनेछ ।

    सत्य माथि विजयको प्रतीकका रुपमा प्रत्येक वर्ष रामलीला मञ्चन गरिन्छ । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल र भारतमा नेपालगञ्जलाई चिनाएको छ । प्रत्येक दिन यहाँ नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा हजारौंको संख्यामा मध्यरात सम्म सहभागी हुने गरेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »