Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बागेश्वरीको पार्किङमा सञ्चालन हुन लागेको मेला प्रति जनता असन्तुष्ट

    ४ असोज, बाँके । पश्चिम नेपालको प्रसिद्ध शक्तिपिठ बाँकेको नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालन हुन लागेको मेला महोत्सव प्रति स्थानीयले असन्तुष्टि जनाएका छन ।

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?

    Vote for your option

    दशैंलाई लक्ष्यित गरेर आयोजना गर्न लागिएको उक्त मेलाका कारण चाडपर्वमा बागेश्वरी मन्दिरमा आउने श्रद्धालु एवं भक्तजनलाई पार्किङमा समस्या हुने भएपछि विरोध थालिएको हो ।

    Advertisement

    चाडपर्वको बेला नेपालगञ्जमा चहलपहल बढ्ने गरेको छ । पश्चिम नेपालकै पायक पर्ने बजार भएको हुनले नेपालगञ्जमा भिडभाड हुनेगरेको छ भने चाडपर्वको बेला नेपालबाट मात्रैनभई भारत सहित बिभिन्न देशबाट भक्तजन बागेश्वरी शक्तिपिठको दर्शनका लागि आउने गरेका छन ।

    नेपालगञ्जले पार्किङको समस्या झेल्दै आएकोमा यस वर्ष अझै चुनौती थपिएको छ । पार्किङको अभावमा रहेको नेपालगञ्ज बजार सिमित लाभका लागि बागेश्वरी मन्दिरको पार्किङ स्थललाई समेत व्यापारिकण गरेको आरोप छ ।

    Advertisement

    एकाएक बागेश्वरी मन्दिरको परिसरमा मेला सञ्चालनका लागि बार लगाउन थालेपछि स्थानीयले विरोध जनाउन थालेका छन ।

    बागेश्वरी मन्दिरको पार्किङ चाडपर्वमा भक्तजनको गाडी पार्क हुने ठाउँलाई भाडा कमिसनको लागि ठाउँ बनाएको गुठीको व्यवस्थापन समिति र जनप्रतिनिधि माथि आरोप समेत छ ।

    Advertisement

    मेला महोत्सवका लागि नेपालगञ्जमा विभिन्न स्थान भएपनि पार्किङ स्थललाई महोत्सव मैदान बनाउनु गलत रहेको स्थानीयले बताउँछन ।

    अतः प्रत्येक वर्ष नेपालगञ्ज स्थित रामलिला मैदानमा समेत रामलिला मञ्चन हुने गरेको र दशैंमा मेला समेत सञ्चालन हुने गरेको छ ।

    Advertisement

    नाईल खबरले प्रकाशन गरेको जनताको रायमा स्थानीयले प्राय पार्किङको उचित व्यवस्थापन गरेर मात्रै मेला महोत्सव सञ्चालन गर्नुपर्ने पक्षमा छन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »