१ असोज, काठमाडौँ । राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ को घोषणा गरेका हुन ।
संयोजक समेत रहेका राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रम बीच नयाँ पार्टीको घोषणा गरेका हुन ।
Advertisement
कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने जानकारी गराए ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिना पछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।
टिप्पणीहरू