३१ साउन, बाँके । बाँकेको नेपालगञ्ज स्थित जमुनाहबाट अबैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Advertisement
ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित कैलाली टीकापुर नगरपालिका-४ बस्ने १८ वर्षीय किशोर र बर्दगोरिया गाउँपालिका-१ बौनिया बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहा र लागू औषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले भारतको रुपैडिहाबाट नेपालगञ्ज आउँदै उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
Advertisement
उनीहरुको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरी रहेको जनाएको छ ।
टिप्पणीहरू