Close sidebar
  • ताजा
  • लोकप्रिय
  • टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध

    ROUTINE OF NARAYANPUR

    २० साउन, दाङ । दाङमा शनिवार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि आफन्तले घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध गरेका छन ।

    घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० सौंरीकुलामा भएको दुर्घटनामा घोराही उपमहानगरपालिका-९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु थियो ।

    Advertisement

    घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
    दुर्घटनामा गम्भीर घाइते भएका बस्नेको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बुझिएको छ ।

    चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आफन्त सडकमा उत्रिएका छन । उनीहरुले बिहानै देखि घोराही-तुलसीपुर सडक अवरुद्ध गरेका प्रहरीले जनाएको छ ।

    Advertisement

    प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »