Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज बसपार्कबाट अबैध सामान बरामद

    १७ साउन, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज स्थित बसपार्कबाट अबैध सामान बरामद गरेको छ ।
    बिहीबार बिहान ९ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिकैबाट अबैध सामानहरु बरामद गरेको डिएसपी एवं सूचना अधिकारी नारायण डाँगीले जानकारी गराए ।

    नेपालगञ्जको मुख्य सिमानाकाको चेकप्वाइन्टलाई हेर्ने हो भने ट्राफिक प्रहरी सहितका चार वटा चेकप्वाइन्ट छन । यी चेकप्वाइन्ट बाहेक प्रहरीले स्कटिङ पनि गर्छ ।

    उनका अनुसार प्रहरीले १६०० के.जि. चिनी (मुल्यः प्रति के.जि. ६० को दरले ९६ हजार), स्वाड खाने तेल ८४ पेटी (मुल्यः प्रति पेटी १४०० को दरले एक लाख १७ हजार ६००) र लु १ च ६९७० नं.को बोलेरो (मुल्यः ७ लाख) को बरामद गरेको हो ।

    Advertisement

    उक्त सामान जम्मा रू.नौ लाख १३ हजार ६०० बराबरको रहेको प्रहरीले जनाएको हो ।
    गाडी चालक भिम बहादुर डि.सी.लाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रवक्ता डाँगीले बताए ।

    जिल्लाको खुल्ला सिमानाकाको सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरी बलले कडा निगरानी गर्दै आएको दावी गर्दै आएको र बेलावखतमा एपिओको नेतृत्व पाएका कमाण्डरले तस्करी जिरो लेभलमा झार्न पूणर् रुपमा लागिपरेको प्रतिक्रिया दिदैँ आएका छन ।
    नेपालगञ्जको मुख्य सिमानाकाको चेकप्वाइन्टलाई हेर्ने हो भने ट्राफिक प्रहरी सहितका चार वटा चेकप्वाइन्ट छन । यी चेकप्वाइन्ट बाहेक प्रहरीले स्कटिङ पनि गर्छ ।

    Advertisement

    तर उक्त सामान नेपालगञ्ज भित्र भारी मात्रामा कसरी आईपुग्छ ? आम जनतामा उठिरहेको हुन्छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »