१० असार, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५० करोड ३८ लाख बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आजदेखि सुरु भएको नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख कमरुद्दिन राईले सभालाई सम्बोधन गर्दै बजेट सार्वजनिक गरेका हुन । उनले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेका हुन् । यो चालू आर्थिक वर्ष भन्दा करीब ३५ करोड कम हो ।
Advertisement
आगामी आर्थिक वर्षमा २३ वटै वडाहरुका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको उपप्रमुख राईले जानकारी गराए ।
प्रस्तावित बजेटमा आम्दानी तर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान (संघ) १ करोड, विशेष अनुदान (संघ) १ करोड ५० लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ४ लाख, समपूरक अनुदान (प्रदेश) १ करोड ४० लाख, वित्तीय समानिकरण (संघ) २७ करोड ९५ लाख, वित्तीय समानिकरण (प्रदेश) २ करोड ५ लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।
टिप्पणीहरू