५ असार, काठमाडौँ । आठ सय २५ जना शिक्षकले राजनीतिक दलका सदस्यता त्यागेका छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन मार्फत मंगलबार यस्तो जनाएको हो ।
शिक्षामन्त्री सुमना श्रेष्ठले एक सय दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन मार्फत शिक्षकले दलको सदस्यता त्यागेको प्रगति विवरण सार्वजनिक गरेकी हुन ।
Advertisement
यस अवधिमा ४५ जना शिक्षकका सम्बन्धमा उजुरी प्राप्त भएको तथा ४२१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको मन्त्री श्रेष्ठले जानकारी गराइन ।
उनका अनुसार ती मध्ये चार जना शिक्षकले सफाइ पाएको तथा २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन ।
शिक्षकलाई राजनीति दलबाट मुक्त गराउन अन्तिम समय सम्म नछाडेन मन्त्री श्रेष्ठले सम्मेलनमा बताइन । उनले शिक्षामन्त्रीको पदभार ग्रहण पछि शिक्षकलाई दलको सदस्यता त्याग गर्न निर्देशन दिएकी थिईन् ।
टिप्पणीहरू