५ असार, काठमाडौँ । नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ ।
हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् ।
Advertisement
चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ । गोरखापत्रमा खबर छ ।
टिप्पणीहरू