३१ जेठ, बाँके । नेपाल रेडक्रस सोसाइटी उपशाखाका प्राथमिक उपचार स्वयंसेवकहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले एक दिने आधारभूत प्राथमिक उपचार पुनर्ताजगी तालिम दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखा अन्र्तगतको सामुदायिक विकास समितिको आयोजनामा भएको उक्त तालिममा २० जनाको सहभागिता रहेको थियो ।
Advertisement
तालिममा घाइतेको जाँच, बेहोसी, सि.पी.आर, गला लाग्नु, ठूलो रक्तश्राव र तातो हावाको लहर सम्बन्धी सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासका माध्यमबाट प्रशिक्षण गरिएको थियो ।
सामुदायिक विकास समितिका संयोजक यज्ञनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपनिर्देशक दोलखबहादुर डाँगी, उपशाखाका पदाधिकारी एवं सदस्य लगायतको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण नेरेसो बाँके शाखाका निरञ्जना मल्ल, सरिता सिंह, प्रहलाद विश्वकर्मा र झवीलाल शर्माले गरेका थिए ।
टिप्पणीहरू