Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विदेश नीतिमा नेपालले आर्थिक कूटनीतिलाई महत्व दिनुपर्नेः डा. राजन भट्टराई

    ११ जेठ, काठमाडौँ । नेकपा (एमाले) परराष्ट्र मामिला विभागले ‘बदलिंदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयमा आयोजना गरेको राउण्ड टेबल बैठकमा विदेश नीतिमा नेपाल आर्थिक कूटनीतिलाई महत्व दिनुपर्ने बताइएको छ ।

    बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले विदेश नीतिका सम्बन्धमा अवधारणापत्र प्रस्तुत गर्दै समृद्धिको यात्रामा रहेको नेपालले आर्थिक कूटनीतिलाई महत्व दिनुपर्ने धारणा व्यक्त गरे ।

    Advertisement

    देशको समृद्धिका लागि आर्थिक विकास र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग हाम्रो आवश्यकता रहेको बताउदैँ डाक्टर भट्टराईले बदलिँदो परिवेशमा विदेश नीतिको मुख्य पक्ष आर्थिक सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

    उनले हाम्रा छिमेकी मुलुकहरू भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सकिने बताए ।

    Advertisement

    प्रमुख डा. भट्टराईले दुई छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल गरिनुपर्नेमा जोड दिए । वार्ता र छलफलले नै दुई देशबीचका समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने उनले निष्कर्ष दिए ।

    डा. भट्टराईले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न नहुनेमा जोड दिनुहुँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक हिंडाउनुपर्ने एमालेको नीति रहेको बताए ।

    Advertisement

    उनले भारत सँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको समेत चर्चा गरे । चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने उनले जानकारी गराए । कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हित एमालेको परराष्ट्र नीति रहेको उनले स्पष्ट पारे ।

    बैठकको विदेश मामिला विभाग सचिव डा. अञ्जान शाक्यले सहजीकरण गरेका थिए भने विभागका सदस्यहरूले बदलिंदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा धारणा राखेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    8

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »