६ जेठ, काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने तयारी रहेको छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी गराए ।
Advertisement
यस्तै अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् । अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने छन् ।
Advertisement
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभा समक्ष पेस गर्ने छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
टिप्पणीहरू