२५ बैशाख, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफू माथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने माग गरेका छन् ।
उनले मंगलबार सभामुख देवराज घिमिरेलाई पत्र मार्फत संसदको आकस्मिक, शून्य र विशेष समयमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्ने माग गरेका हुन् ।
Advertisement
संघीय संसदको अघिल्लो अधिवेशनमा आफूले सम्हालेको गृह मन्त्रालयका विषयमा सांसदहरुले सोधेका प्रश्नको जवाफ संसदमा उत्पन्न गतिरोधका कारण दिन नपाएको उनको पत्रमा बताएका छन ।
यसले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लंघन भएको उपप्रधानमन्त्री लामिछानेले बताए ।
जनताको जिम्मेवार प्रतिनिधि एवं गृहमन्त्री भएको कारण सांसदहरुले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउने आफ्नो अधिकार, कर्तव्य र आफ्नो जिम्मेवारी रहेको उनले बताए ।
Advertisement
यही २८ गतेबाट चालु हुने अधिवेशनको यथाशक्य प्रारम्भिक दिनहरुमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन गृहमन्त्री लामिछानेले सभामुखलाई पत्रमार्फत अनुरोध गरेका छन ।
टिप्पणीहरू