१७ बैशाख, काठमाडौँ । आज पनि बिहानै देखि तराई क्षेत्रमा गर्मी छ । विगत केही दिन देखि देशका अधिकांश भू–भागहरूको अधिक्तम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ ।
लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिक्तम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्र्तगत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Advertisement
केही दिन सम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रह्ने महाशाखाले जनाएको छ । ती भू–भागहरूमा आगामी ५ दिन बैशाख २० गते सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ ।
साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।
टिप्पणीहरू