१५ बैशाख, कैलाली । कञ्चनपुरको वन क्षेत्रमा प्रवेशमा रोक लगाइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको हो ।
सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखापरेको अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए ।
Advertisement
चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायतका जनावरको बासस्थानका रूपमा रहेको छ ।
टिप्पणीहरू