१४ बैशाख, काठमाडौँ । भारतीय लोकसभाको दोस्रो चरणको मतदान आज २६ अप्रिलमा हुँदैछ । यस चरणमा १२ राज्यको ८८ लोकसभा सिटमा १२०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन । आज दोस्रो चरणमा केरलाका सबै २० लोकसभा सिटमा मतदान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । कर्नाटकका १४, राजस्थानका १३ र उत्तर प्रदेशका ८ निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।
उधुम गर्मीका बाबजुद आज दोस्रो चरणको मतदान हुँदैछ । पहिलो चरणको मतदान बैशाख ७ गते २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा भएको थियो । भारतमा अहिले अत्यधिक गर्मी छ । कतिपय राज्यउमा लु चलिरहेको छ ।
Advertisement
यस्तै, महाराष्ट्रका ८, मध्यप्रदेशका ६ र बिहार तथा आसाममा ५-५ सीटमा आज मतदान हुनेछ । छत्तीसगठ र पश्चिम बंगालका ३-३ सिटमा आज मतदान हुनेछ । जम्मु कस्मिर र त्रिपुराका एक-एक सिटमा दोस्रो चरणको मतदान हुँदैछ ।
दोस्रो चरणको मतदानमा आज धेरै दिग्गजको राजनीतिक भाग्य दांवमा परेको छ । यसमा राहुल गान्धी (कांग्रेस) – वायनाड, शशि थरूर (कांग्रेस) – तिरुवनन्तपुरम, एचडी कुमारस्वामी (जेडीएस) – मन्ड्या, हेमा मालिनी (बीजेपी) – मथुरा, अरुण गोविल (बीजेपी) – मेरठ, ओम बिरला (बीजेपी) – कोटा, बघेल (कांग्रेस)-राजनन्दगाउँ जस्ता भूपेश दिग्गजहरू समावेश छन् ।
टिप्पणीहरू